आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु,धादिङमा विविध कार्यक्रम गरी मनाईदै 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।हरेक बर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पुर्वसन्ध्यामा हिजो धादिङबेसीमा मैनबत्ती प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

अभियानको पहिलो दिन आज निलकन्ठ नगरपालिका, सहयात्री समाज नेपाल, महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल, जिल्ला प्रहरी कार्यलय,महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्र,जिल्ला लैङ्गिक हिसाँ नियन्त्रण सञ्जाल,नारि जागरण केन्द्र, युएसएआईडी, डेक नेपाल, इन्सेक, एड्भान्स एकेडेमी लगायतको आयोजनामा धादिङबेशीमा प्रभातफेरी निकालिएको छ ।सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो ।उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ ।

May be an image of 4 people, people standing and outdoors​

एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ ।

May be an image of 13 people, people standing and outdoors​

तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन । बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् । अभियान अबधिभर धादिङमा विभिन्न जनचेतना मुलक कार्यक्रम मनाईने कार्यतालिका रहेको छ ।  

​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्