अध्यक्ष गिरी कांग्रेस सभापतिमा निर्वाचित

दाङ, १५ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित हुनु भएको छ ।

दङ्गीशरण गाउँपालिका अध्यक्षसमेत रहनुभएका गिरीले ४७० मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सञ्जय केसीले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी गोपाल रावतले ९९ मत प्राप्त गर्नुभयो । सोही क्षेत्रको उपसभापतिमा दुर्गा ओली ३०९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी चक्र वलीले २६३ मत प्राप्त गर्नुभएको छ । उक्त क्षेत्रका अन्य पदका लागि भएको निर्वाचनको भने अहिले मतगणना जारी छ ।

यसअघि दाङ क्षेत्र नं ३ बाट हिजो लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस नेता डिल्लीबहादुर चौधरी १५औँ महाधिवेशनका लागि सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्