इरानको न्यायपालिकाले आर्थिक गुनासोका कारण एक महिनाअघि सुरु भई गत जनवरीमा चरम अवस्थामा पुगेको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा बुधबार दुई जनालाई फाँसीको सजायसहितको फैसला गरेको छ ।
अली हेममती र माजिद निक–अन्डिसलाई उत्तरपूर्वी सहर मशादमा गत जनवरीको विरोध प्रदर्शनमा चार सुरक्षाकर्मीको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको न्यायपालिकाको मिजान अनलाइनको वेबसाइटमा उल्लेख गरिएको छ ।
उनीहरूले पसल, बैंक बस आदिमा आगो लगाएर सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पु¥याएको पनि उल्लेख गरिएको छ ।
वेबसाइटका अनुसार उनीहरूलाई सर्वोच्च अदालतले उनीहरूको सजायको पुष्टि गरेपछि बुधबार मृत्युदण्ड दिइएको थियो ।
गत डिसेम्बरको अन्त्यमा, सुरु भएर भड्किएको विरोध आन्दोलन द्रुत गतिमा व्यापक सरकार विरोधी प्रदर्शनमा विकसित भई जुन जनवरी ८ र ९ मा चरम सीमामा पुगेको थियो ।
इरानी अधिकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले गरेको “आतङ्कवादी कार्यलाई हिंसाको श्रेय दिँदै उक्त घटनामा तीन हजारभन्दा बढीको मृत्यु भएको रिपोर्ट गरेका छन् भने गैरसरकारी संस्थाहरूले सुरक्षा बलले प्रदर्शनकारीहरूमाथि गोली चलाएको दाबी गरेका छन् ।
गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इस्लामिक गणतन्त्र इरानमा संयुक्त आक्रमण सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने धम्की दिएको जनाइएको छ ।
त्यसबेलादेखि, देशमा गिरफ्तारी र मृत्युदण्ड धेरै गुणा बढेको छ, जुन द्वन्द्व र यस वर्षको सुरुमा भएको विरोध प्रदर्शन दुवैसँग जोडिएको छ ।
गैरसरकारी संस्था इरान ह्युमन राइट्स एन्ड टुगेदर एगेन्स्ट द डेथ पेनाल्टीका अनुसार सन् २०२५ मा इरानले कम्तिमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिएको थियो, जुन सन् १९८९ पछिका वर्षहरुमा सबैभन्दा ठूलो सङ्ख्या हो ।
एम्नेस्टी इन्टरनेसनलका अनुसार हाल चीनपछि दोस्रो सबैभन्दा बढी मृत्युदण्ड दिने देशमा इरान भएको छ ।

