तिनाउ बाढीमा छ घर बगे

News placeholder image

रूपन्देही, ११ असोजः तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर शाहीका अनुसार बाढीले दुई पक्की र चार कच्ची घर बगाएको हो । घरसँगै त्यहाँका सरसामान पनि बगेका छन् । मानवीय क्षति भने भएको छैन । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । वर्षा रोकिएको छैन ।

स्रोत: राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्