बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

News placeholder image

बागलुङ, ११ असोजः बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उहाँका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । केहीबेर अघि तीन जनाको शव निकालिएको हो ।

स्रोत: राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्