पूर्वप्रधानमन्त्रीद्वयसँग वीरगञ्जका उद्योगी–व्यवसायीको छलफल

वीरगञ्ज (पर्सा), १४ असोजः वीरगञ्ज उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले आज नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग भेट गरी उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या तथा चुनौतीबारे छलफल गरेको छ ।

सो अवसरमा सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि प्रभावकारी नीति तथा कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न शीर्षककार, सवारी करलगायतका विषयमा उद्योगी–व्यवसायीले भोग्दै आएका समस्याबारे जानकारी गराउँदै समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।

त्यस्तै, उद्योग तथा व्यापार क्षेत्रको प्रवद्र्धन, लगानीको वातावरण निर्माण तथा निजी क्षेत्रले भोग्दै आएका अन्य विविध समस्याबारे पनि प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपाललाई जानकारी गराएको थियो ।

सो अवसरमा संयोजक दाहालले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्