सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

म्याग्दी, २३ कात्तिक : युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्न तथा सिर्जना र कृतिलाई आम पाठकसम्म पुर्याउन साहित्यिक गतिविधिलाई डिजिटल तथा प्रविधिमैत्री बनाउनुपर्नेमा म्याग्दीका साहित्यकारले जोड दिएका…

गण्डकी प्रदेश

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

काठमाडौँ, २२ कात्तिकः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले आज विशेष कविगोष्ठी आयोजना गरेको छ । कविगोष्ठीमा वियोगी बुढाथोकी, विष्णुबहादुर…

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

काठमाडौँ, २२ कात्तिकः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य र उहाँकी जीवनसङ्गिनी रीना कर्माचार्यलाई सयपत्री राष्ट्रिय…

‘सडक कविता यात्राका सिर्जना पुस्तकमा सङ्कलित’

सुनसरी, २१ कात्तिकः धरानमा ‘लक्ष्मी सडकका कविता २०८३’ कृति विमोचन गरिएको छ । आज आयोजित कृति विमोचन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथिको परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा…

कोशी प्रदेश

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

काठमाडौँ, २१ कात्तिकः साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ । पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेपाल सरकारका…

‘डम्फु सेलो शतक यात्रा’ पुस्तक लोकार्पण

काठमाडौँ, २० कात्तिक: ‘डम्फु सेलो शतक यात्रा’ नामक पुस्तक प्रकाशनमा आएको छ । पत्रकार तथा लेखक सुशीला तामाङले अध्ययन तथा अनुसन्धान गर्नुभएको पुस्तकको सम्पादन अनुसन्धादाता, अध्यता…

‘लेख्छ पोखरा’ अभियान आरम्भ

गण्डकी, २० कात्तिकः पोखरा प्रज्ञा प्रतिष्ठानले ‘लेख्छ पोखरा’ अभियान आरम्भ गरेको छ । नयाँ पुराना कवि र लेखकको सिर्जना यात्रामा सघाउने उद्देश्यले उक्त अभियान सुरु गरिएको…

गण्डकी प्रदेश