सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित छ विकेट

एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित छ विकेट

काठमाडौँ, २६ कात्तिकः विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल)मा आज करिअरकै सानदार बलिङ गर्नुभएको छ । उहाँले पोखरा एभेन्जर्सविरुद्ध आफ्नो व्यावसायिक क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गर्नुभएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराविरुद्ध चार ओभरमा २६ रन दिएर छ विकेट लिनुभयो ।

सन्दीपले आफ्नो बलिङको तेस्रो ओभरमा ह्याट्रिकसमेत पूरा गर्नुभयो । योसँगै उहाँ एनपिएलमा ह्याट्रिकसहित छ विकेट लिने पहिलो बलर बन्नुभएको छ ।

एनपिएलमा समग्रमा एक खेलमा छ विकेट लिने खेलाडीमा सन्दीप तेस्रो बलर बन्नुभएको छ । यसअघि यो उपलब्धि काठमाडौँ गोर्खाजमा आबद्ध स्पिनर साहब आलम र विल बोसिस्टोको नाममा रहेको छ ।

गत संस्करणमा सन्दीप उत्कृष्ट बलर घोषित हुनुभएको थियो । उक्त सिजनमा उहाँले नौ खेलमा १७ विकेट लिनुभएको थियो । पहिलो संस्करणमा सन्दीपले सात खेलमा छ विकेट लिनुभएको थियो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि