सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्य समाचार

यातायात कार्यालय मलंगवाका मेकानिकल सुपरभाइजर पारस ठाकुरको कलैया सरुवा

यातायात कार्यालय मलंगवाका मेकानिकल सुपरभाइजर पारस ठाकुरको कलैया सरुवा

मलंगवा । यातायात व्यवस्था कार्यालय, मलंगवा, सर्लाहीमा कार्यरत मेकानिकल सुपरभाइजर पारस ठाकुरको सरुवा भएपछि उहाँको सम्मानमा ‘फेरि भेटौँला’ विदाई कार्यक्रम आयोजना गरिएको छ ।

ठाकुरको यातायात व्यवस्था कार्यालय, कलैया, बारामा सरुवा भएपछि आयोजित विदाई कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

कार्यालयमा कार्यरत रहँदा ठाकुरले पुर्‍याउनुभएको योगदान, सहकार्य र आत्मीयताको उच्च प्रशंसा गर्दै सहकर्मीहरूले उहाँप्रति धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

विदाईका क्रममा उहाँको आगामी कार्यकाल सफल, सुखद र उपलब्धिमूलक रहोस् तथा नयाँ कार्यस्थलमा अझ उत्कृष्ट सेवा प्रवाह गर्न सफल हुनुहोस् भन्ने शुभकामनासमेत व्यक्त गरिएको थियो ।

‘फेरि भेटौँला’ भन्ने आत्मीय सन्देशसहित सम्पन्न कार्यक्रमले सहकर्मीहरूबीचको आपसी सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाएको सहभागीहरूले बताएका छन् ।

स्थान

सर्लाही, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि