सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

राजनीति

पीडितपरिवारको अभिभावकत्व ग्रहण गर्न सरकारको ध्यानाकर्षण

पीडितपरिवारको अभिभावकत्व ग्रहण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, २६ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुर दुर्घटनाका पीडितपरिवारलाई तत्काल राहत र आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले आज विज्ञप्ति जारी गर्दै पीडितपरिवारको अभिभावकत्व ग्रहण गरी आवश्यक राहत, सहयोग र सहजीकरणमा सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाले दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था मिलाउन र मृतकको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न सरकारलाई सुझाव दिएको छ । आगामी दिनमा दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सरकारले प्रभावकारी तथा दीर्घकालीन कदम चाल्नेमा रास्वपा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । काठमाडौँबाट सर्लाही जाँदै गरेको माइक्रोबस आज बिहान मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि