सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

दुर्घटना

सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

सुदूरपश्चिम, २७ कात्तिकः कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर ठोक्किँदा स्कुटरचालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मृत्यु भएको हो । बुधबार साँझ भएको
उक्त दुर्घटनामा गम्भीर घाइते भएकी बमको धनगढीस्थित मायामेट्रो अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले राससलाई जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उहाँकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी घाइते भएकी छन् । स्कुटर सवार धनगढी–५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बविता मल्ल पनि घाइते भएका छन् ।

स्थान

सुदूरपश्चिम प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि