युवा पुस्तामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एउटै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ १४ कात्तिकमा पोखरामा आयोजना हुने भएको छ ।
पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।
काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भएका संस्करणपछि पोखरा आउन लागेको पल्सर आरपीएमले यसपटक सहरका युवा, खेलप्रेमी र सिर्जनशील समुदायलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ । बुटवलमा करिब २ हजार ५०० जनाको सहभागिता रहेको कार्यक्रममा पोखरामा पनि उत्साहजनक सहभागिता हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पल्सर एन१६० मार्फत रोमाञ्चक मोटरसाइकल स्टन्ट प्रदर्शन गरिनेछ । त्यसैगरी, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, गेम अफ स्केट र क्यालिस्थेनिक्सका गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाउनेछन् । स्थानीय डिजे तथा ग्राफिटी कलाकारले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् ।
कार्यक्रमस्थलमा पल्सर एन१६० र एनएस२०० मोटरसाइकलको प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना रहेको छ । सहभागीले पपअप स्टोर, खाना, कफी तथा अन्य मनोरञ्जनात्मक गतिविधिको अनुभव लिन सक्नेछन् ।
पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभालाई आफ्नो सीप र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने मञ्चसमेत रहेको आयोजकको भनाइ छ । विभिन्न खेल, कला र संगीतमा सक्रिय युवालाई जोड्दै पोखराको युवा संस्कृति र स्थानीय प्रतिभालाई थप पहिचान दिलाउनु कार्यक्रमको उद्देश्य रहेको छ ।
कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ भने मुख्य आरपीएम गतिविधि दिउँसो २:३० बजेदेखि सञ्चालन हुनेछन् । निःशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रममा पोखरा र आसपासका क्षेत्रका युवालाई सहभागी हुन आमन्त्रण गरिएको छ ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।