सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

लोकेशको आक्रामक ब्याटिङमा कर्णालीलाई विराटनगरको विशाल चुनाैती

लोकेशको आक्रामक ब्याटिङमा कर्णालीलाई विराटनगरको विशाल चुनाैती

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटअन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १ सय ८७ रनको विशाल चुनाैती दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा सात विकेटको क्षतिमा १ सय ८६ रनको योगफल खडा गर्‍यो ।

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ८७ रनको योगदान दिए । ५२ बलको सामना गरेका उनले ९ छक्का र ३ चाैका प्रहार गरे । यस्तै आन्द्रे रसेलले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले १५ बलमा २७ रन जोडे । एन्जेलो म्याथ्युजले २३ बलमा ३१ रन जोडे ।

बलिङमा कर्णाली याक्सका सोमपाल कामी एक्लैले चार विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक–एक विकेट लिए । 

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि