सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

सुदूरपश्चिम र विराटनगरबीचको खेलमा अन्योल, सुदूरपश्चिमका खेलाडीले मैदान छाडे

सुदूरपश्चिम र विराटनगरबीचको खेलमा अन्योल, सुदूरपश्चिमका खेलाडीले मैदान छाडे

१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुन सकेको छैन । वर्षाले प्रभावित खेल अम्पायरले ५–५ ओभरको खेलाउने निर्णय गरेका थिए ।

जसअनुसार साँझ ७:२५ का लागि टस र ७:४१ मा खेल सुरु हुने निर्णय भनिएको थियो । तर, सुदूरपश्चिम रोयल्सले असहमति जनाएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक मिसवाह उल हक, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, अम्पायर र क्युरेटरबीच लामो छलफल भएको थियो ।

तर, उक्त छलफलबाट कुनै निष्कर्ष निस्किएन । त्यसपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले मैदान छाडेका छन् । उनीसँगै सुदूरपश्चिमका अन्य खेलाडी पनि मैदानबाट बाहिरिएका छन् ।

अहिले सुदूरपश्चिमका म्यानेजर सुनिल थापा मात्रै मैदानमा देखिएका छन् ।

विराटगरका भने सबैजना मैदानमा छन् ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि