सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १ सय ४८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको हो ।

उसका लागि ओपनिङ ब्याटर तृतराज दासले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ७ चौका र २ छक्कासहित ६१ रनको पारी खेलेका हुन् । जारी एनपीएलमा तृतराजको यो पहिलो अर्धशतक हो ।

यस्तै, मोइन अलीले १६ बलमा ३ चौका र १ छक्कासहित २१ रनको योगदान दिए । जिमी नीशम ११ रनमा आउट भए । अविजित रहेका अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ रनको उत्कृष्ट पारी खेले ।

पोखरा एभेन्जर्सका लागि बलिङतर्फ  शाकिब अल हसनले चार ओभरमा १५ रन दिए सर्वाधिक ३ विकेट लिए । यस्तै, चमिका करुणारत्नेले २, मेहदी हसन र मोहम्मद सैफउद्दिनले समान १–१ विकेट लिए ।

जारी संस्करणमा जनकपुर दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा हार व्यहोर्दा दोस्रो खेलमा जित निकालेको थियो । कुशल भुर्तेल नेतृत्वको पोखरा पहिलो निकाल्ने योजनामा छ । उसले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार व्यहोरेको थियो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि