सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

काठमाडाैंलाई कर्णालीको विशाल लक्ष्य

काठमाडाैंलाई कर्णालीको विशाल लक्ष्य

नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सले काठमाडाैं गोर्खाजलाई जितका लागि १ सय ८१ रनको लक्ष्य दिएको छ । 

पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रनको योगफल खडा गरेको हो । कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । यस्तै हुसेन तललले४० रन जोडे ।

पवन सर्राफले अविजित ३० रन जोडे । गुल्सन झाले २० रनको योगदान दिए । बलिङमा काठमाडाैंका  करण केसीले दुई तथा शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले एक–एक विकेट लिए ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि