मलंगवा । यातायात व्यवस्था कार्यालय, मलंगवा, सर्लाहीमा कार्यरत मेकानिकल सुपरभाइजर पारस ठाकुरको सरुवा भएपछि उहाँको सम्मानमा ‘फेरि भेटौँला’ विदाई कार्यक्रम आयोजना गरिएको छ ।
ठाकुरको यातायात व्यवस्था कार्यालय, कलैया, बारामा सरुवा भएपछि आयोजित विदाई कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो ।
कार्यालयमा कार्यरत रहँदा ठाकुरले पुर्याउनुभएको योगदान, सहकार्य र आत्मीयताको उच्च प्रशंसा गर्दै सहकर्मीहरूले उहाँप्रति धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।
विदाईका क्रममा उहाँको आगामी कार्यकाल सफल, सुखद र उपलब्धिमूलक रहोस् तथा नयाँ कार्यस्थलमा अझ उत्कृष्ट सेवा प्रवाह गर्न सफल हुनुहोस् भन्ने शुभकामनासमेत व्यक्त गरिएको थियो ।
‘फेरि भेटौँला’ भन्ने आत्मीय सन्देशसहित सम्पन्न कार्यक्रमले सहकर्मीहरूबीचको आपसी सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाएको सहभागीहरूले बताएका छन् ।









प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।