सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

संस्कृति

प्रदेश प्रमुख खापुङलाई आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन

प्रदेश प्रमुख खापुङलाई आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन

विराटनगर, १७ कात्तिकः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष २०८२/८३ को सातौँ वार्षिक प्रतिवेदन आज पेस गर्नुभएको छ ।

त्यस अवसरमा प्रदेश प्रमुख खापुङले संवैधानिक अधिकारप्राप्त आयोगको वार्षिक प्रतिवेदन वैज्ञानिक एवं व्यवस्थित रहेको बताउनुभयो । संविधानले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारअनुसार आयोगले सूक्ष्म ढङ्गले काम गरिरहेको उल्लेख गर्दै उहाँले नेपालको भूगोलभित्र बसोबास गर्ने विविध जातजाति, भाषाभाषी, धर्म, संस्कृति र सभ्यता संरक्षणमा आयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

प्रदेश प्रमुख खापुङले राज्यले नागरिकप्रति समान व्यवहार, सामाजिक न्याय र समावेशिताको सिद्धान्त कायम राख्नुपर्ने धारणा राख्दै प्रतिवेदनका मर्म, सिफारिस र सुझाव सरकारले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

आयोगका अध्यक्ष थापा मगरले नेपालको कुल जनसङ्ख्याको ३४ दशमलव ८७ प्रतिशत आदिवासी जनजाति रहेको जानकारी दिँदै उनीहरूमध्ये ६८ दशमलव नौ प्रतिशतले आफ्नै भाषा प्रयोग गर्ने गरेको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभामा आदिवासी जनजातिको सहभागिताको अवस्था उल्लेख नभएकामा चिन्ता व्यक्त गर्दै उनीहरूको साक्षरता दर ७८ दशमलव २ प्रतिशत मात्र रहेको बताउनुभयो ।

स्थान

कोशी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि