सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

विकास

तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

दाङ, १७ कात्तिक : तुई खोलामा पुल नहुँदा स्थानीयलाई खोला वारपार गर्न सास्ती भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ का स्थानीयले हरेक वर्ष ज्यान जोखिममा राखेर खोला वारपार गर्दै आएका आएका छन् ।

खोलामा पुल नहुँदा वर्षा सुरु हुनासाथ स्थानीयको दैनिकी कष्टकर र जोखिमपूर्ण बन्ने गरेको छ । स्थानीय गोविन्द नेपालीले तुइखोलामा पुल नहँुदा खोला वारपार गर्न सकस व्यहोर्नुपरेको बताउनुभयो । खोला वारपारमा स्थानीय स–साना विद्यार्थीले कष्ट व्यहोर्नुपरेको छ । स्थानीयले पटकपटक स्थानीय सरकारसँग पुल बनाइदिन माग राख्दा सुनुवाइ नभएको उहाँहरुको गुनासो छ ।

स्थान

लुम्बिनी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि