सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो साङ्घाईमा सुरु

नवौँ  चीन अन्तर्राष्ट्रिय आयात एक्सपो साङ्घाईमा सुरु

अन्तर्राष्ट्रिय आयात एक्सपो (सीआईआईई) को नवौँ संस्करण, तथा आयातलाई समर्पित विश्वको पहिलो राष्ट्रिय स्तरको प्रदर्शनी, पूर्वी चीनको साङ्घाईमा बिहीबारदेखि सुरु भएको जनाइएको छ ।

उद्घाटन समारोहमा चिनियाँ उपप्रधानमन्त्री डिङ जुएजियाङले मुख्य सम्बोधन भाषण दिनुभएको थियो ।

नोभेम्बर ५ देखि १० सम्म चल्ने तय गएिको यस वर्षको सीआईआईई एक्स्पोले चार हजार १४२ विदेशी प्रदर्शकहरूलाई आकर्षित गरेको जनाइएको छ । जसमा ३०० भन्दा बढी फच्र्युन ग्लोबल ५०० कम्पनीहरू र उद्योग नेताहरू समावेश छन् । सन् २०२६ को कार्यक्रममा ४८० भन्दा बढी प्रदर्शनीहरू आफ्नो विश्वव्यापी, एसियाली वा चीन डेब्यू गर्न तयार छन्, जुन यसको इतिहासमा सबैभन्दा बढी सङ्ख्या हो ।

यस वर्ष कुल प्रदर्शनी क्षेत्र चार लाख ४० हजार वर्ग मिटर भन्दा बढी छ भने अमेरिकी . प्रदर्शकहरूले मात्र ५० हजार वर्ग मिटर भन्दा बढी ओगटेका छन् । लगातार आठौँ वर्ष अग्रणी, भुमिकामा रहेका जर्मनी, बेलायत र फ्रान्सका कम्पनीहरूले पनि शीर्ष सहभागीहरू मध्येकै स्थान पाएका छन् ।

यस वर्षको सीआईआईईले बौद्धिक उद्योग र सूचना प्रविधि, उपभोक्ता वस्तु, खाद्य र कृषि उत्पादन, अटोमोबाइल र चिकित्सा उपकरण तथा स्वास्थ्य सेवा उत्पादनहरूका साथै सेवाहरूको व्यापार जस्ता क्षेत्रहरू समेट्ने छवटा प्रमुख प्रदर्शनी क्षेत्रहरू र एक नवीनता इन्क्यूबेशन खण्डलाई कायम राखेको जनाइएको छ ।

इनोभेसन इन्क्यूबेशन खण्डमा लगभग ४० देश र क्षेत्रका ६३३ टेक्नोलोजी र इनोभेसन प्रोजेक्टहरू समावेश छन्, जुन अघिल्लो संस्करणको तुलनामा लगभग २० प्रतिशत बढी हो ।

सीआईआईईको साथमा साङ्घाईमा भइरहेको होङ्कियाओ अन्तर्राष्ट्रिय आर्थिक फोरमले बिहीबार विश्व खुलापन रिपोर्ट २०२६ जारी गर्दै यसको पहिलो निर्यात–देखि–चीन क्षमता विकास रिपोर्ट अनावरण गर्यो ।

सन् २०१७ मा घोषणा गरिएको र सन् २०१८ देखि वार्षिक रूपमा आयोजित, सीआईआईईले विदेशी व्यवसायहरूलाई विशाल र बढ्दो चिनियाँ बजारमा पहुँच बिस्तार गर्न दिन सेवा नि सहज बनाएको जनाइएको छ ।

विगतका आठ संस्करणहरूले १८० भन्दा बढी देशहरू, क्षेत्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूलाई आकर्षित गरेको थियो भने तीन हजार ४०० भन्दा बढी नयाँ उत्पादनहरू, प्रविधिहरू र सेवाहरूले आफ्नो सुरुवात गरेको छन । यीनीहरुको संचयी इच्छित सम्झौताहरू ५८० अरब अमेरिकी डलर भन्दा बढी रहेकोसमेत जनाइएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि