थाइल्याण्डको पूर्वी चोन बुरी प्रान्तको तटनजिक बुधबार तेल ट्याङ्कर डुब्दा त्यसमा सवार चालक दलका छ सदस्य बेपत्ता भएका छन् ।
रोयल थाई नौसेनाका अनुसार तटबाट करिब २७ माइल टाढा बिहान ९ बजे ट्याङ्कर डुबेको सूचना प्राप्त भएपछि बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तत्काल सुरु गरिएको छ ।
नौसेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा तेल चुहावटको असर नियन्त्रण गर्न समुद्री विभागसँग समन्वय भइरहेको जनाएको छ । साथै, घटनास्थलनजिक रहेका अन्य जलयानलाई सुरक्षित रूपमा आवतजावत गर्न सचेत गराइएको छ ।
नौसेनाले बेपत्ता व्यक्तिहरूको खोजीका लागि आवश्यक सबै तयारी गरिएको जनाएको छ । समुद्री वातावरणमा पर्न सक्ने प्रतिकूल असरको निगरानी भइरहेको र त्यसलाई रोक्न आवश्यक कदम चालिएको पनि विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।