सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

इजरायलले गाजामा बाल स्वास्थ्य र उपचार अस्वीकार गर्दछ : मानवअधिकारवादी

इजरायलले गाजामा बाल स्वास्थ्य र उपचार अस्वीकार गर्दछ : मानवअधिकारवादी

‘यूरो–मेडिटेरेनियन ह्युमन राइट्स’ का परिवेक्षकहरुले इजरायली आक्रमणले गाजामा अक्टोबर ९ सम्ममा एक हजार १३४ बच्चाहरूलाई विकलाङ् बनाएर छोडेको उल्लेख गर्दे उपचार, पुनर्वास र आवाश्यक उपकरणहरूमा प्रतिबन्धले उनीहरूको पीडा झनै बढेको उल्लेख गरेका छन् ।

उनीहरुले व्यवहारमा बाधा पुर्याउनु गाजामा प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको हिस्सा भएको उल्ल्ेख गर्दै परिवारहरूले पनि आवास, आय र आधारभूत सेवाहरूको अभावको बोझ बोकेको जनाएका छन् ।

अधिकारवादी पक्षले बाल विकलांगहरूलाई दीर्घकालीन चिकित्सा हेरचाह, पुनर्वास, मनोवैज्ञानिक समर्थन र लगायतका सवालहरु बढेदै जाँदा समायोजित गर्न आवश्यकरहेको विषयमा जोड दिएका छन् ।

गत मे महिनामा जारी गरिएको विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टलाई उद्धृत गर्दै युरो–मेडले सन् २०२४ सेप्टेम्बर देखि सन् २०२६ मे का बीचमा अङ्गविच्छेदनको मूल्याङ्कन गरिएका करिब दुई हजार ३०० मध्ये करिब ५०० जनाले मात्र पुनःस्थापना प्राप्त गरेको बताइएको छ ।

उनीहरुले बिरामीहरूको अवस्था र चिकित्सा निकासीमा जारी प्रतिबन्धले बच्चाहरूलाई गाजामा उपलब्ध नभएका विशेष उपचारको पहुँचबाट वञ्चित गरेको विषयमा जोड दिँदै उनीहरूको पीडालाई थप लम्बाइ उनीहरूको स्वतन्त्रतालाई सीमित गरेको बताएका छन् ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि