नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खाजलाई ८४ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजका बलरहरूले सानदार प्रदर्शन गरेपछि विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा अलआउट भएको हो ।
काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले सुरुवातदेखि नै निरन्तर विकेट गुमायो ।
काठमाडौंका बलरहरूले कसिलो बलिङ गर्दै विराटनगरका ब्याटरलाई खुलेर खेल्न दिएनन् । फलस्वरूप विराटनगरले सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।