सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

दुर्घटना

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु

त्रिशूली (नुवाकोट), २३ कात्तिक : नुवाकोटको विदुर नगरपालिका–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट खस्दा घाइते भएका तीन जनालाई उपचारको लागि त्रिशूली अस्पताल पुर्याए पनि चिकित्सकले मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ खनियाबाँसका ४७ वर्षका बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ माथिल्लो खुर्सानेका २७ वर्षीया सुनिता थापामगर र ३१ वर्षीया बिन्दा थापामगर रहेका छन् ।

बा ९९ प ८२०२ नं को मोटरसाइकल भैरमकोटबाट त्रिशूलीतर्फ आउने क्रममा खड्कथोक भन्ने स्थानमा आइपुग्दा अनियन्त्रित भइ सडकबाट १०० मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ ।

सो मोटरसाइकलले भाडामा यात्रु बोक्ने गरेको छ ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि