सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

संस्कृति

मेची–महाकाली रथयात्रा देवदहमा

मेची–महाकाली रथयात्रा देवदहमा

रुपन्देही, २४ कात्तिक नवलपरासीको त्रिवेणीमा आयोजना हुने गजेन्द्र मोक्षनारायण भैरव विराट महायज्ञको प्रचारप्रसारका लागि मुक्तिनाथबाट सुरु गरिएको मेची–महाकाली रथयात्रा देवदह आइपुगेको छ ।

रथयात्रा टोलीलाई देवदहस्थित लोकेश्वर मन्दिरमा स्वागत गरिएको छ । आगामी मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने महायज्ञमार्फत वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्य राखिएको छ । सोही उद्देश्यसहित वैदिक ज्ञान, दर्शन र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको सन्देश फैलाउँदै रथयात्रा अघि बढेको हो ।

देवदह आइपुगेको रथयात्रा टोलीलाई नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पूर्वनगरप्रमुख हिराबहादुर खत्री, नगर प्रवक्ता गणेश डुम्रेलगायतले स्वागत गर्नुभएको थियो । स्वागतपछि रथयात्रा टोली देवदह हुँदै पश्चिमतर्फ प्रस्थान गरेको छ ।

मुक्तिनाथबाट सुरु भएको रथयात्रामा हिन्दू धर्मगुरु वासुदेव प्रपन्नाचार्य, विश्वप्रकाश प्रपन्नाचार्य र सनातन प्रपन्नाचार्य सहभागी हुनुहुन्छ । मेची–महाकाली यात्रा पूरा गरी रथयात्रा त्रिवेणी पुगेर समापन हुने जनाइएको छ ।

महायज्ञमार्फत वैदिक ज्ञान र संस्कृतिको संरक्षण, धार्मिक तथा शैक्षिक चेतनाको विस्तार र वैदिक विश्वविद्यालय स्थापनाको अभियानलाई अघि बढाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

स्थान

लुम्बिनी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि