सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

छैटौँ राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता सम्पन्न

छैटौँ राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता सम्पन्न

काठमाडौँ, २४ कात्तिकः ‘छैटौँ राष्ट्रिय खुला अन्तर वडा टेबलटेनिस प्रतियोगिता’ अन्तर्गत पुरुषको खुलातर्फ काठमाडौँ महानगरपालिका–२५ को टोली प्रथम भएको छ ।

नगाउँ स्पोट्र्स क्लबको आयोजना तथा कीर्तिपुर नगरपालिका–९ को समन्वयमा यही कात्तिक २१ देखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न उमेर समूह तथा विधामा खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रतियोगितामा ललितपुर महानगरपालिका–७ दोस्रो तथा कीर्तिपुर नगरपालिका–९ र काठमाडौँ महानगरपालिका–२६ को टोली तेस्रो भएको थियो ।

यसैगरी, ४० वर्ष उमेर समूहमाथिको खुला एकलतर्फ काठमाडौँ महानगरपालिका–२६ का चन्दन शाही प्रथम, ललितपुर–७ का उमेश मानन्धर दोस्रो तथा ललितपुर–९ का मुकेश महर्जन र राजकुमार खड्गी तेस्रो भए ।

यसैगरी, ५० वर्ष उमेर समूहमाथिको खुला एकलतर्फ ललितपुर–११ का जयराम महर्जन प्रथम, ललितपुर–११ का राजेन्द्र बज्राचार्य दोस्रो, काठमाडौँ–१ का रक्तचन्द्र मानन्धर तथा ललितपुर– ११ का सुर्जा श्रेष्ठ तेस्रो भए ।

कीर्तिपुर टेबलटेनिस सङ्घका अध्यक्ष प्रशान्त महर्जनका अनुसार १६ वर्षमुनिको कीर्तिपुर आन्तरिक पुरुष एकलतर्फ कीर्तिपुर–३ का संयम गोपाली प्रथम, वडा–१ का शिरिष महर्जन दोस्रो र वडा–९ का भेरोन महर्जन र सुशन प्रधान तेस्रो भए ।

त्यस्तै, महिला खुला एकलतर्फ भक्तपुर–५ की दिव्या देउला प्रथम, ललितपुर–१७ की अर्सना महर्जन दोस्रो तथा ललितपुर–१९ की एम्रिन महर्जन र ललितपुर–१६ की काव्या शाक्य तेस्रो भइन ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि