सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

संस्कृति

जुम्लामा परम्परागत पानी घट्ट लोभ हुँदै

जुम्लामा परम्परागत पानी घट्ट लोभ हुँदै

जुम्ला, २४ कात्तिकः जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरु लोभ हुँदै गएका छन् । गाउँघरमा विद्युत्बाट सञ्चालन हुने मिल आएसँगै पानीबाट चल्ने घट्टहरु सङ्कटमा परेको पातारासी गाउँपालिका–१ का स्थानीय गोविन्द बुढाले बताउनुभयो ।

ग्रामीण क्षेत्रका खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जौँ,कोदो र फापर लगायतका अन्न पिस्ने गर्दछन् । समय अनुसार आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि ग्रामीण क्षेत्रका पानीघट्ट लोपहुँदै गइरहेको पातारासी गाउँपालिका–१ स्थानीय बुढाले जानकारी दिनुभयो ।

गाउँमा आधुनिक मिल र बिजुली नपुगेका बेला पानीघट्ट अन्न पिस्ने साधन मात्र थिएन, गाउँको आत्मनिर्भर जीवनको महत्वपूर्ण आधारसमेत रहेको थियो । गाउँमा बिजुली, सडक र आधुनिक प्रविधिको पहुँच बढ्दै गएपछि पानीघट्टको प्रयोग क्रमशः घट्दै गएका सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

हाल प्रयोगविहीन रहेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट बनाएर संचालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

कुनै समय जुम्लाका गाउँमा प्रचलनमा रहेका पानीघट्ट अहिले कतिपय ठाउँमा देख्नै मुस्किल हुन थालेका छन् । पानीघट्ट हराउँदै जाँदा त्यसको प्रयोग, बनावट र सञ्चालनको परम्परागत ज्ञानसमेत नयाँ पुस्ताबाट टाढिँदै गएको सिजां गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो ।

स्थान

कर्णाली प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि