सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

साहित्य

मातृभूमि पुस्तकालयलाई दुई लाख सहयोग

मातृभूमि पुस्तकालयलाई दुई लाख सहयोग

काठमाडौँ, २५ कात्तिकः दक्षिण कोरियामा रहेका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाका २३ युवाले मातृभूमि सामुदायिक पुस्तकालयको सञ्चालन तथा संस्थागत विकासका लागि रु दुई लाख १२ हजार ६४० आर्थिक सहयोग गरेका छन् ।

तिहारको अवसरमा बिर्घामा आयोजित एक कार्यक्रमबीच सो रकम पुस्तकालयलाई हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा सहयोगदाताका परिवारका सदस्यलाई सम्मान गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँले विदेशमा रहेर पनि आफ्नो माटो, गाउँ, समाज र पुर्खाले स्थापना गरेको संस्थाप्रति युवाले देखाएको आत्मीयता र जिम्मेवारीले अनुशरणीय रहेको बताउनुभयो ।

विसं २०४६ सालमा स्थापित मातृभूमि सामुदायिक पुस्तकालय शैक्षिक, बौद्धिक तथा सामाजिक गतिविधिको महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित छ । पुस्तकालयमा बालबालिका, युवा, महिला तथा सूचना प्रविधिलगायत विभिन्न विधाका अध्ययन सामग्री र सेवा उपलब्ध छन् ।

स्थान

गण्डकी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि