भद्रपुर (झापा), २६ कात्तिकः झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ उक्त सफारीको ठक्कर उहाँको निधन भएको मृत्यु भएको हो ।
ठक्करबाट टाउकामा चोट लागेर घाइते राजवंशीलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएकामा उपचारको क्रममा त्यहाँ निधन भएको थियो ।
घटनापछि प्रहरीले सफारीका चालक मेचीनगर–१५ कै ५९ वर्षीय मोहन राजवंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।