सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

एनपिएलः पोखराद्वारा विराटनगरसामु १३३ रनको लक्ष्य प्रस्तुत

एनपिएलः पोखराद्वारा विराटनगरसामु १३३ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, २६ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७ दशमलव पाँच ओभरमा १३२ रनमा अलआउट भयो ।

पोखराका लागि ओपनिङ ब्याटर युवराज सम्राले उत्कृष्ट पारी खेले । उनले ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रनको पारी खेलेका हुन् ।

यस्तै, धनन्जय लक्षणले २२ र सनि बिकेले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । विराटनगर किङ्सका लागि बलिङतर्फ उत्कृष्ट बलिङ गरे ।

उनले चार ओभरमा २७ रन दिएर सर्वाधिक छ विकेट लिए । त्यसमा सन्दीपको ह्याट्रिक समावेश छ ।

यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए । प्लेअफ सम्भावना जीवित राख्न पोखरा र विराटनगर दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ ।

ताजा स्थितिमा छैटौँ स्थानमा रहेको विराटनगरले पाँच खेल खेल्दा दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ । तालिकाको आठौँ स्थानमा रहेको पोखराले भने पाँच खेलमा चारमा हार र एक खेलमा मात्र जित दर्ता गरेको छ ।

आजै हुने अर्को खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने छन् । खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि