सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

शिक्षा

देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा

देउसीभैलोको दक्षिणा  माध्यमिक कक्षा सञ्चालनमा

हुम्ला, २७ कात्तिकः हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु दुई लाख १७ हजार ५७५ माध्यमिक तहका कक्षा सञ्चालनमा खर्च गर्ने भएको छ ।

विद्यालयको शैक्षिक विकास तथा माध्यमिक तहका कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजित देउसीभैलो कार्यक्रमबाट जैर, छिडीनात्ता, लुम र तुम्च क्षेत्रका स्थानीयवासी तथा सहयोगदाताबाट उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक मदन बुढाले राससलाई बताउनुभयो । उक्त रकम माध्यमिक तहका कक्षा सञ्चालन तथा शिक्षक व्यवस्थापनमा खर्च गरिनेछ । विद्यालयको शैक्षिक उन्नति र माध्यमिक तह सञ्चालनका लागि उहाँले थप सहयोग गर्न जिल्लाका सबैमा आग्रह गर्नुभएको छ ।

अभिभावकको मागअनुसार विद्यालयले गत फागुनदेखि कक्षा ९ र १० सञ्चालन गर्दै आएको अध्यक्ष शाहीले बताउनुभयो । माध्यमिक तहको पठनपाठनलाई निरन्तरता दिन देउसीभैलो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

स्थान

कर्णाली प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि