म्याग्दी, २७ कात्तिकः रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाले रु एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरेका छन् । कोषमा रु ७० लाख सङ्कलन भएको छ ।
बेगखोला कल्याणकारी समाजका संस्थापक योगकुमार फगामीले विपद् र दुर्घटनामा परेकालाई सघाउन कोष स्थापना गरिएको बताउनुभयो । “दुर्घटनामा घाइते भएका, गर्भवती, बिरामी र विपद्बाट प्रभावितलाई सघाउन कोष स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “हालसम्म रु ७० लाख सङ्कलन भएको कोषमा रु एक करोड पु¥याएर मूलधन नमासिने र ब्याज परिचालन गरिनेछ ।”
साविक बेग गाविसको तिप्ल्याङ, बादुक, बेगखोला, सिम, बेगटोलको जनसङ्ख्या एक हजार छ ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।