सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीसँग रास्वपा सांसदको छलफल

प्रधानमन्त्रीसँग रास्वपा सांसदको छलफल
Placeholder avatar

काठमाडौँ, २७ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले भेट गर्नुभएको छ ।

सिंंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरुले चीन भ्रमणबारे प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको हो ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले आफूहरुलाई दुई देशको सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ, उहाँले भ्रमणका क्रममा चीनबाट नेपालले लिनसक्ने लाभका विषयमा काम गर्न निर्देशन दिनुभएको छ, चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सक्छ । भ्रमण घुमघाम मात्रै नहोस्, नेपालको हितलाई प्रगाढ बनाउने विषयमा काम गर्नुस् ।”

रास्वपाका संसदीय दलका सदस्य तथा पार्टी नेता यही कात्तिक २९ गते १० दिनका लागि चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि