सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह
Placeholder avatar

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता ‘अबिलम्ब’ पुनः सुरु हुनुपने बताउनुभएको छ ।
उहाँले आफ्ना इरानी समकक्षीसँगको वार्तापछि यो धारणा सार्वजनिक गर्नुभएको हो ।
एर्दोगानले टर्कीको अन्ताल्या प्रान्तमा भइरहेको संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलनको क्रममा इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग भेट गर्नुभएको पुष्टि उहाँको कार्यालयले जनाएको छ ।
वार्ताका क्रममा एर्दोगानले ‘अबिलम्ब वार्ताको टेबलमा पुग्नुको महत्त्व’ रहेकोमा जोड दिनुभयो र टर्कीले शान्ति सुनिश्चित गर्ने प्रयासलाई निरन्तर समर्थन गर्ने बताउनुभयो ।
“सहमतिको साझा आधारलाई मजबुत बनाउनुपर्छ र कूटनीतिलाई मौका दिनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले अमेरिकासँगको द्वन्द्व ‘सकेसम्म चाँडो अन्त्य हुनेमा’ विश्वास पनि व्यक्त गर्नुभयो ।
मध्यपूर्वको यो युद्ध फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणबाट सुरु भएको थियो, जसमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी लगायत कैयौँ नेता मारिनुभएको थियो ।
अमेरिकी आक्रमणको बदला लिन भन्दै इरानले क्षेत्रका विभिन्न देशमा मिसाइल र ड्रोन प्रहार ग¥यो भने लेबनान, यमन र इराकमा रहेका उसले समर्थन गर्ने समूहहरू पनि द्वन्द्वमा सामेल भए ।
बुधबार संयुक्त राष्ट्र सङ्घीय जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै पेजेस्कियानले संयुक्त राज्य अमेरिका र इजरायललाई इस्लामिक गणतन्त्रमाथिको आक्रमणका क्रममा गम्भीर वातावरणीय क्षति पु¥याएको आरोप लगाएका छन्।
“अमेरिका र यहुदी शासनद्वारा इरानमाथि हालै भएको आपराधिक र अवैध आक्रमणले वातावरणमा गम्भीर क्षति पु¥याएको छ, जसले वायुमण्डलमा प्रदूषक र हरितगृह ग्यासको ठूलो मात्रा निष्कासन गरेको छ,” उहाँले भन्नुभयो ।
युद्ध अन्त्य गर्न वार्ता गर्ने प्रयासलाई कतार र पाकिस्तानको नेतृत्वमा भएका कूटनीतिक छलफलले बल दिएका छन् भने टर्कीलगायतका केही मुलुकले यसलाई थप बल प्रदान गरेका देखिन्छ ।
तेहरानले रोकिएका सम्पत्ति फुकुवा गर्ने र प्रतिबन्ध हटाउने लगायतका मागहरू वासिङ्टनले स्वीकार गर्नुपर्ने बताएको छ। यसको बदलामा द्वन्द्व सुरुदेखि नै नाकाबन्दी गरेको महत्त्वपूर्ण ऊर्जा मार्ग हर्मुज जलमार्ग पुनः खोल्न इरान तयार छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि