वीरगञ्ज (पर्सा), २६ कात्तिकः खानामा मरेको साङ्लो फेलापरेपछि रु दुई लाख जरिवाना गरिएको छ । वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो । ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेको थियो ।
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।