सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

एनपिएलः चितवन राइनोज जवाफी व्याटिङमा

एनपिएलः चितवन राइनोज जवाफी व्याटिङमा

काठमाडौँ, २३ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजले जवाफी व्याटिङ गरिरहेको छ ।
यसअघिको खेलमा काठमाण्डु गोर्खाजले चितवनलाई १८१ रनको लक्ष्य दिएको थियो । यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो ।

काठमाण्डुका लागि रशिद खानले अर्धशतकीय पारी खेले । उनले आज ३० बलमा चार छक्का र दुई चौकासहित ५२ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा रशिदको यो दोस्रो अर्धशतक हो ।

यस्तै, चितवनविरुद्ध सहान अराच्चिगेले ३३, विलियम बोसिस्टोले २७ र कप्तान करण केसीले २० रन जोडे । चितवनका लागि बलिङतर्फ रिजन ढकालले ३, कप्तान सिकन्दर रजा र कमलसिंह ऐरीले २–२ र डान मोस्लीले १ विकेट लिए ।

काठमाण्डु यस संस्करणमा उच्च लयमा देखिएको छ । दोस्रो स्थानमा रहेको ऊ आज जित निकालेर शीर्ष स्थानमा उक्लिने योजनामा छ ।

उता चितवन आफ्नो अपराजित यात्रा जारी राखेर अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । ऊ अहिले चार खेलबाट पाँच अङ्कका साथ तालिकाको चौथो स्थानमा छ ।

आजै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले ६३ रनको जित निकालेको थियो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि