नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बेलुका ५ बजेदेखि हुनेछ ।
जारी प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो खेल हो । पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग नमीठो हार व्यहोरेको सुदूरपश्चिम पहिलो जितको खोजीमा छ ।
पोखराको भने यो एनपीएलको यो सिजनको पहिलो खेल हो । गत सिजनमा राम्रो प्रदर्शन गर्न नसकेको पोखरा पनि सुखद सुरुवातको योजनामा छ ।
सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको तथा पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रिनेछन् ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।