सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

कर्णाली याक्सले दियाे जनकपुरलाई १३३ रनकाे लक्ष्य

कर्णाली याक्सले दियाे जनकपुरलाई १३३ रनकाे लक्ष्य

नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत मंगलबारको दाेस्राे खेलमा कर्णाली याक्सले पूर्वविजेता जनकपुर बाेल्ट्सलाई १३३ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्तो पाएकाे कर्णालीले २० ‌ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएकाे हाे ।

कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रनकाे याेगदान गरे ।  उनले २९ बलमा चार छक्का प्रहार गरे ।

त्यस्तै पवन सर्राफले ३७ रनको योगदान दिए । उनले ३७ बलमा तीन छक्का प्रहार गरे । दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे ।

जनकपुर बोल्ट्सका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए ।

राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए भने मोइन अलीले पनि दुई विकेट हात पारे । ललित राजवंशीले एक विकेट लिए । 

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि