सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

चितवनका डेभिड मलानले हाने एनपीएल सिजन–३ मा पहिलो अर्धशतक

चितवनका डेभिड मलानले हाने एनपीएल सिजन–३ मा पहिलो अर्धशतक

नेपाल प्रिमियर लीग (एनपीएल)को सिजन ३ मा चितवन राइनोजका डेभिड मलानले पहिलो अर्धशतक प्रहार गरेका छन् । विराटनगर किंग्सविरुद्ध मलानले ५ चौका र ३ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् ।

३९ वर्षका इंग्ल्याण्डका मलानलाई चितवनले यसैपटकदेखि टिममा भित्र्याएका हो । मलानले ५० बलमा ७० रन बनाए । उनलाई विराटनगरका आन्द्रे रसेलले आउट गरेका छन् । 

पहिलो ब्याटिङ गरेका चितवनले १२.२ ओभरमा ९० रन बनाउँदा ३ विकेट मात्रै गुमाएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि