सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

चितवनलाई हराएर जितको स्वाद चाख्ने लक्ष्यमा पोखरा, दुई खेल हारेको सुदूरपश्चिमले कर्णालीलाई टक्कर दिँदै

चितवनलाई हराएर जितको स्वाद चाख्ने लक्ष्यमा पोखरा, दुई खेल हारेको सुदूरपश्चिमले कर्णालीलाई टक्कर दिँदै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदै छ । कर्णाली र सुदूरपश्चिमको खेल मध्याह्न १२:३० बजे तथा चितवन र पोखराबीचको खेल बेलुकी ५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा तीनमध्ये दुई खेलमा जित हात पारेको कर्णाली ४ अंकसहित अंकतालिकामा तेस्रो स्थानमा छ । त्यस्तै, चारमध्ये दुई खेल जितेको सुदूरपश्चिम ४ अंकसहित छैठौँ स्थानमा छ । प्लेअफ सम्भावना बलियो बनाउन दुवै टोलीलाई खेलको नतिजा आफ्नो पक्षमा पार्नुपर्ने दबाब छ । त्यसैले यो खेल कडा प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

यता, ३ अंकसहित सातौँ स्थानमा रहेको चितवन र एउटा पनि खेल जित्न नसकेको पोखराबीच खेल पनि रोचक देखिएको छ । चितवनले दुई खेल खेल्दामा एकमा हार र एकमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँढेको छ । तीन खेल खेलिसकेको पोखराले अहिलेसम्म जित हात पार्न सकेको छैन । प्लेअफ सम्भावना कायम राख्नका लागि पोखरालाई अबका सबै खेल जित्न आवश्यक छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि