काठमाडौँ, २७ कात्तिकः सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
यसअघि छठका दिन कात्तिक २९ गते आइतबार सार्वजनिक घोषणा भइसकेको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य यदिई ब्रत समापन गर्ने परम्परा रही आएकाले छठको भोलिपल्ट सोमबारका दिन पनि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।