सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

संस्कृति

तालिमप्राप्त कुकुर परिचालन

तालिमप्राप्त कुकुर परिचालन

चितवन, २४ कात्तिकः तिहारको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सवारी र सर्बसाधारणको चाप हुने स्थानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले तिहार लक्षित गर्दै विष्फोटक पदार्थ र लागुऔषध पहिचान गर्ने तालिमप्राप्त दुईवटा कुकुर परिचालन गरेको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार तिहारको समयमा पटकाजन्य वस्तुको ओसारपसार हुनसक्ने सम्भावित नाकाहरुमा समेत सो कुकुरको परिचालन गरिएको छ । उहाँले भन्नुभयो, “मानिसको भीडभाड हुने स्थानमा लागुऔषध तथा विष्फोटक पदार्थको ओसारपसार हुनसक्ने भएकाले उच्च निगरानी बढाएका हौ ।” तिहार लक्षित सुरक्षा योजना निर्माण गरी आठ सयभन्दा बढी प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।

तिहारको समयमा खेलिने देउसी भैलो रातको १०ः०० बजेसम्म मात्र खेल्न सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “देउसी भैलो खेल्नेहरुलाई राति १०ः०० बजेसम्म घर फर्कन सूचना जारी गरी गरिएको छ ।”

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि