सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अपराध

दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा

दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा

काठमाडौँ, २५ कात्तिकः प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज निकाल्ने ५६ वटा दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतबाट खटिएको प्रहरी टोलीले आज ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर गरी ५६ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको हो ।

चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले सवारी जाँच तीव्र बनाएको छ ।

नियन्त्रणमा लिइएका सवारी साधनको आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

काठमाडौँ प्रहरीले मङ्गलबार ५२ र सोमबार २५ वटा त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि