अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सात बालबालिकासहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
निर्माणस्थल नजिकैको उत्खनन क्षेत्रमा भवन खसेपछि भग्नावशेषमा फसेकाहरूको उद्धार गर्न २५० भन्दा बढी अग्निनियन्त्रक र स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । उद्धारका लागि ड्रोन र खोजी कुकुरसमेत प्रयोग गरिएको थियो ।
अग्नि विभागकी आयुक्त लिलियन बोन्सिग्नोरले भग्नावशेषमा अझै कति जना फसेका छन् भन्ने यकिन नभएको बताउनुभएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
निर्माणस्थलमा कामदारले उत्खनन गरिरहेका बेला भवन भत्किएको भवन विभागका आयुक्त अहमद तिगानीले बताउनुभएको छ । उक्त स्थानमा तीनतले भवन निर्माणको स्वीकृति रहे पनि विकासकर्ताले नौतले भवन बनाउन अनुमति मागेका थिए ।









प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।