सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

पोखरा एभेन्जर्सले कर्णालीलाई दियो २१८ रनको चुनौती

पोखरा एभेन्जर्सले कर्णालीलाई दियो २१८ रनको चुनौती

काठमाडौँ, २३ कात्तिकः नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविलय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रनको विशाल योगफल बनायो ।

पोखराका लागि युभराज सामराले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा १० चौका र छ छक्कासहित १०२ रनको योगदान दिए ।

त्यस्तै कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्काको मद्दतले ६२ रन बनाए । कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन जोडे । महेदी हसन पाँच रनमा र सन्नी विक तीन रनमा आउट भए ।

बलिङतर्फ कर्णाली याक्सका सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए । मार्क वाटले एक विकेट हात पारे । कर्णाली याक्स अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि