सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

राजनीति

प्रदेशसभा सदस्य खातुनले लिनुभयो पद तथा गोपनीयताको शपथ

प्रदेशसभा सदस्य खातुनले लिनुभयो पद तथा गोपनीयताको शपथ
Placeholder avatar

जनकपुरधाम, २५ कात्तिकः मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आज आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा नेकपा (एमाले) का संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिवालयका सभा सचिव वासुप्रसाद कोइरालालगायत कर्मचारीको उपस्थिति थियो ।

स्थान

मधेश प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि