सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

दुर्घटना

बसको ठक्करबाट अहिरको मृत्यु

बसको ठक्करबाट अहिरको मृत्यु

कपिलवस्तु, २३ कात्तिक : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ ।

तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहनुभएका अहिरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि उहाँलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएकामा अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो । पैदलयात्रुलाई ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

स्थान

लुम्बिनी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि