दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा आजबाट खेल्ने भएका छन् ।
कर्णाली याक्समा अनुबन्धित मिलरले शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्धको खेलबाट एनपीएलमा डेब्यु गर्न लागेका हुन् ।
खेलअघि मिलरले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वार्मअप गरेका छन् । आक्रामक ब्याटिङका लागि परिचित मिलरको आगमनले कर्णालीको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ ।
तस्वीर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।