नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुईवटा खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा छ । उसले तीन खेल खेलेकोमा दुईमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक–एक अंक बाँडेका थिए । यता, जनकपुर बोल्ट्स तालिकाको चौथो स्थानमा छ । उसले चार खेलमध्ये दुईमा जित र दुईमा हार व्यहोरेको छ ।
आजै साँझ विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच खेल हुँदै छ । विराटनगर किंग्स अंक तालिकाको दोस्रो स्थानमा छ । उसले चार खेलमध्ये दुईमा जित र दुईमा हार व्यहोरेको छ ।
त्यस्तै, काठमाडौं गोर्खाज तालिकाको सातौँ स्थानमा छ । उसले दुई खेल खेलेकोमा एकमा जित र एकमा हार व्यहोरेको छ ।
आजको खेलमा स्टार खेलाडी आन्द्रे रसेल र डेभिड वार्नर आमनेसामने भएको हेर्न पाइनेछ । आन्द्रेले विराटनगर र वार्नरले काठमाडाैंबाट खेलिरहेका छन् ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।