सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

राजनीति

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमाडौँ, २३ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाउनुभयो । तिहार पर्वको अवसरमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि